गृहमन्त्री अर्यालले अनसनरत निकोलस भुसाललाई भेटे

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले अनसनरत डा।निकोलस भुसाललाई भेटेका छन् । बुधवार राति उनले वीर अस्पताल पुगेर भुसाललाई भेटेको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बैठकबाट फर्किए लगत्तै अर्यालले अनसनरत डा.भुसाललाई भेटेर उचित माग सबै सम्बोधन गरिने हुने प्रतिबद्धता जनाएका छन् ।

गृहमन्त्री अर्यालले भुसाललाई अनसन तोड्न आग्रह गरेका छन् ।

  • १७ पुष २०८२, बिहीबार १६:१६ प्रकाशित