हुम्लामा पेट्रोल खन्याउने क्रममा आगलागी, १ वर्षीय बालकको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

हुम्लामा पेट्रोल खन्याउने क्रममा आगलागी हुँदा एक जनाको बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा हुम्लाको खार्पुनाथ गाउँपालिकाका १ वर्षीय बालक रवीन्द्र जेठारा छन् ।

आगलागी हुँदा उनकी आमा बर्रा जेठारा घाइते भएका छन् ।आगो नजिकै रहेको पेट्रोल ठुलो भाँडोबाट सानोमा खन्याउने क्रममा आगलागी भएको हुम्लाका डीएसपी शंकर खड्काले  बताए ।

आगो निभाउने क्रममा छिमेकी २० वर्षीया जेनिशा रावल पनि घाइते भएकी छन् । उनीहरूको सिमीकोट अस्पतालमा उपचार भइरहेको छ ।

  • १३ पुष २०८२, आईतवार १३:२४ प्रकाशित