पुराना गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिइन्छ : मन्त्री पुन

केन्द्रभाग मिडिया

पोखरा ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले  अब पुराना गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिइने बताएका छन् । बुधबार विहान सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो बताएका हुन् ।

नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरे पनि सरकारले अनुमति नदिएको पुनले उल्लेख गरेका छन् ।

‘यसअघि लोभी–पापीहरूले अनेकौं नियम कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन् । अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्छ ।’

  • ३ मंसिर २०८२, बुधबार ०८:५६ प्रकाशित