अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा थियो ।

यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दाा महँगो हो ।

त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ १८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८७ पैसा छ । हिजो युरो १ को खरिदर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ २९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०८ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ २१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६० पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ०२ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३४ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७० पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ९५ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा थियो ।

  • २ मंसिर २०८२, मंगलवार ०७:११ प्रकाशित