साताको अन्तिम दिन आज कति छ सुनको मुल्य ?

केन्द्रभाग मिडिया

काठमाडौं।

साताको अन्तिम दिन शुक्रबार आज सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो । यस आधारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ३ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको हो ।

  • २८ कार्तिक २०८२, शुक्रबार ११:०३ प्रकाशित