काठमाडौं ।
यो साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा ५.८० अंकको गिरावट आएको छ । नेप्से आज ५.८० अंकले घटेर २५६०.२९ बिन्दुमा रोकिएको हो ।
आइतबार पनि नेप्से ३०.०२ अंकले घटेको थियो । सोमबार नेप्सेमा कुल ४ अर्ब ५१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । अघिल्लो दिन आइतबार भने नेप्सेमा कुल ४ अर्ब ५६ करोड माथिको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये ९१ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
सोमबार छ कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि हुँदा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
सोमबार तीन समूह बाहेक सबै समूह सूचकमा गिरावट आएको छ ।















