काठमाडौं।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले घटेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक ३०.०२ अङ्क घटेर २५६६.०९ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.९० अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.४२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अङ्कले घटेको छ ।
आइतबार कारोबारमा आएका ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार कित्ता शेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।















