काठमाडौंँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकमा कोरोना महामारी, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसलगायत नियमित काम कारबाहिको विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । मन्त्रिपरिषदको बैठक बोलाएका देउवा शुक्रबारबाट अब सबै कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीसीएमसीले १३ बुँदे सिफारिस गरेको थियो । गत शनिबारदेखि राजनीतिक भेटघाट स्थगित गरेर आइसोलेसनमा बसेका देउवाले शुक्रबारबाट नियमित काममा फर्किएका हुन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई कोराना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।