२५९६ अंकमा झर्‍यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ ।

अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडको भयो ।

७७ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने ९ को स्थिर रह्यो ।

  • २० कार्तिक २०८२, बिहीबार १५:४३ प्रकाशित