पोखरा ।
आज (सोमबार) अमेरिकी डलर र बहराइन दिनारको भाउ स्थिर छ । तर, कुवेती दिनार, पाउन्डसहितका केही मुद्राको भाउ भने बढेको छ । अस्ट्रेलियन डलर, युरोसहित कतिपय विदेशी मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ४९ र बिक्रीदर १६४ रुपैयाँ १८ पैसा छ । हिजो युरो १ को खरिदर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८७ रुपैयाँ १३ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९३ रुपैयाँ १० पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९५ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७८ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा छ । हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।














