आज सुनको भाउ बढ्यो, चाँदीको भाउ घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज (आइतबार) सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ७ सय रुपैयाँले भाउ बढेको हो ।

आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार प्रतितोला सुन २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • १६ कार्तिक २०८२, आईतवार १०:५४ प्रकाशित