आज कति छ सुनको मूल्य ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार थियो ।त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • १० कार्तिक २०८२, सोमबार ११:२४ प्रकाशित