पोखरा ।
आज शनिबार अमेरिकी डलर, युरो, बहराइन दिनारसहित केही मुद्राको भाउ बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिदर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा छ । हिजो युरो १ को खरिदर १६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रुपैयाँ २६ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ १४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९४ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५१ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा थियो ।
त्यसैगरि आज कुवेती दिनार १ को खरिदर ४५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४५९ रुपैयाँ २९ पैसा छ । हिजो कुवेती दिनार १ को खरिदर ४५७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ३५ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६६ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६३ पैसा थियो ।














