अमेरिकी डलरसहित यी मुद्राको भाउ स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।
आज सोमबार पनि हिजो आइतबार जस्तै अमेरिकी डलर र बहराइन दिनारको भाउ स्थिर छ । तर, युरो, पाउन्ड, कुबेती दिनारसहित केही विदेशी मुद्राको भाउ भने घटेको छ । अस्ट्रेलियन डलर लगायत केही विदेशी मुद्राको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा छ । हिजो युरो १ को खरिदर १६४ रुपैयाँ १५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८५ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३९ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ २६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६५ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ १९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५८ पैसा थियो ।

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर ४५९ रुपैयाँ १२ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ०८ पैसा छ । हिजो कुवेती दिनार १ को खरिदर ४५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ३४ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २२ पैसा छ । हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।

  • ३ कार्तिक २०८२, सोमबार ०८:५६ प्रकाशित