आज सबैजसो विदेशी मुद्राको भाउ स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।

आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । शनिबार अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा छ । हिजो अमेरिकी डलरको विनिमयदर यही थियो ।

आज युरो १ को खरिदर १६४ रुपैयाँ १५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८५ पैसा छ ।   पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा छ ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ १९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५८ पैसा छ । त्यसैगरि आज कुवेती दिनार १ को खरिदर ४५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ३४ पैसा छ ।

आज बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २२ पैसा छ ।

  • २ कार्तिक २०८२, आईतवार ०७:१४ प्रकाशित