सेयर बजारमा भारी गिरावट

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८३ अंक घटेको छ ।

सो कमीपछि नेप्से २५०३ अंकमा झरेको छ । दिउँसो १ : ०८ बजे नेप्से परिसूचक २४९३ अंकसम्म झर्‍यो, जुन कारोबार अवधिको न्यूनतम अंक रह्यो ।

कारोबार रकम भने बढेको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार भयो ।

९ कम्पनीको मूल्य बढ्दा २४२ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् ।

  • २६ आश्विन २०८२, आईतवार १५:५१ प्रकाशित