राष्ट्रपति पौडेल डिस्चार्ज

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार अस्वस्थ भएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

  • २६ आश्विन २०८२, आईतवार १३:०१ प्रकाशित