सुनको मूल्य बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्यको मूल्य २ लाख ३५ हजार रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ । महासंघले आज चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

  • २६ आश्विन २०८२, आईतवार १२:१४ प्रकाशित