मनाङ प्रदेशसभाको उपनिर्वाचन स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी १७ कार्तिकका लागि तय भएको मनाङ प्रदेशसभाको उपचुनाव स्थगित भएको छ ।

आइतबार सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलपछि त्यसदिनको उपचुनाव नगर्ने समझदारी बनेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  जानकारी दिए । उनका अनुसार उपनिर्वाचनका लागि अर्को मिति तय हुनेछ ।

उप निर्वाचन प्रयोजनका लागि २२ र २३ असोजका लागि दल दर्ताको कार्यतालिका सार्वजनिक भइसकेको थियो । जेनजीको आन्दोलनपछि सृजना भएको अवस्था र अहिलेको विपदका कारण उक्त कार्यतालिका प्रभावित भएपछि आयोगले निर्वाचन स्थगित गरेको भण्डारीले बताए ।

  • १९ आश्विन २०८२, आईतवार २०:३५ प्रकाशित