पोखरा ।
आज शुक्रबार अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको भाउ स्थिर बस्दा युरोपियन युरो, स्विस फ्रयाङ्क, सिंगापुर डलर, जापानी येनको भाउ बढेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरको भाउ केही घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा छ । हिजो बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै आज युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा कायम गरिएको छ । बिहीबारको तुलनामा यसको भाउ केही बढेको हो । बिहीबार युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९० पैसा थियो ।
यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ८२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । बिहीबारभन्दा यसको मूल्य केही घटेको हो। बिहीबार यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ९५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ७६ पैसा थियो ।
यस्तै आज स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ। यसको भाउ भने बिहीबारको तुलानामा केही बढेको हो । बिहीबार स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ५० पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा थियो ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा कायम गरिएको छ । बिहीबारको तुलनामा यी विदेशी डलरको मूल्य केही घटेको हो । बिहीबार अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७० पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०२ रुपैयाँ १० पैसा थियो ।
सिंगापुर डलरको भाउ भने बिहीबारको तुलनामा बढेको छ। आज सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५० पैसा तोकिएको छ। बिहीबार सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३६ पैसा थियो।
आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा कायम गरिएको छ । बिहीबारको तुलनामा केही बढेको हो । बिहीबार जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा थियो ।
चिनियाँ युआनको भाउ भने स्थिर बसेको छ । अर्थात् आज पनि चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।
आज साउदी अरेबियन रियालको मूल्य पनि स्थिर बसेको छ । आज पनि साउदी अरेबियन रियालको १ को खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा नै कायम छ । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।
आज कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा कायम भएको छ । बिहीबार भने कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा थियो ।















