काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले विगतमा भएको भ्रष्टाचारको छानविन हुने बताएकी छन् । बिहीबार राष्ट्रको नाममा सम्बाधेन गर्दै उनले यस्तो बताएकी हुन् ।
जेनजी आन्दोलनको मुख्य माग भ्रष्टाचारको छानबिन भएकोतिर संकेत गर्दै वर्तमान सरकारले छोटो समयमै भ्रष्टाचार भएको कुरा जानकारी पाएकोले छानबिन हुने उनको दाबी छ ।
उनले अलग्गै आयोग बनाएर वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत कसरी छानबिन हुन्छ भन्नेबारे विस्तृत सम्बोधनमा खुलाएकी छैनन् ।














