कांग्रेस चुनावबाट भाग्दैन : पूर्णबहादुर खड्का

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने बताएका छन् ।चुनावका लागि सरकारले वातावरण बनाउनुपर्ने बताउँदै उपसभापति खड्काले लोकतान्त्रिक दल चुनावबाट भाग्ने प्रश्न नहुने बताए ।

जेनजीको आन्दोलनपछि आगलागीबाट क्षतिग्रस्त सुर्खेत पार्टी कार्यालयमा पत्रकारसँग धारणा राख्ने क्रममा उपसभापति खड्काले चुनावमा भाग लिने बताए ।

वर्तमान सरकारको मन्त्रिपरिषद्‍ले पूर्णता पाउँदै गरेको उल्लेख गर्दै खड्काले सरकारले ऐन कानुनको संशोधन प्रक्रिया कुन रूपमा अगाडि बढाउँछ त्यसलाई हेरिरहेको बताए ।

‘चुनावको वातावरण सरकारले कस्तो बनाउँछ ? कसरी हुने हो ? के हुने हो ? के भन्दा विश्वसनीय आधारलाई हामी नजिक बाट हेरिरहेका छौं,’ खड्काले भने ।

जेनजी आन्दोलनको दोस्रो दिनमा भएको लुटपाट र आगजनीमा संलग्नहरूलाई पक्राउका लागि सरकारले हालसम्म आदेश नदिएको भन्दै सरकारको आलोचना गरे ।

 

  • ९ आश्विन २०८२, बिहीबार १५:३१ प्रकाशित