आज सुनको मूल्य घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको जनाएको छ ।

यसअघि मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर दुई हजार ५५० मा किनबेच भइरहेको छ ।

  • १ आश्विन २०८२, बुधबार १२:०४ प्रकाशित