पोखरा ।
आज बुधबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती, बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर घटेको छ ।
अमेरिकी डलरको मूल्य हिजो पनि घटेको थियो । तर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। यी मुद्राको मूल्य विगत केही दिनदेखि लगातार बढ्दै आएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६५ पैसा छ । हिजो युरो एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा थियो । त्यस्तै आज पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ८४ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५७ पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९४ रुपैयाँ १५ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९४ रुपैयाँ १८ पैसा थियो । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ६८ र बिक्रीदर ४६२ रुपैयाँ ६४ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३९ र बिक्रीदर ४६३ रुपैयाँ ३६ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ४९ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १५ पैसा थियो ।















