अमेरिकी डलरसहित यी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज मंगलबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ भने बढेको छ । यी मुद्राको भाउ हिजो पनि बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा छ । हिजो युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०९ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५७ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १९१ रुपैयाँ १० पैसा र बिक्रीदर १९१ रुपैयाँ ९१ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९४ रुपैयाँ १८ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ १३ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३९ र बिक्रीदर ४६३ रुपैयाँ ३६ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४६२ रुपैयाँ २८ र बिक्रीदर ४६४ रुपैयाँ २५ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १५ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा थियो ।

  • ३१ भाद्र २०८२, मंगलवार ०७:३३ प्रकाशित