जेनजी प्रदर्शनको क्रममा भएका घटना छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाइने

केन्द्रभाग मिडिया

जेनजी प्रदर्शनको क्रममा भएका घटना छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाइने

काठमाडौं ।
सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ । सोमबार बसेको नयाँ मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने सैद्धान्तिक निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

तर, कस्तो संरचनाको समिति बनाउने भन्ने टुंगो लगाउन भने बाँकी रहेको उनले बताए । यस्तै, सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । बैठकले २३ र २४भदौमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

बैठकले ज्यान गुमाउनेहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय समेत गरेको छ ।

File photo

१ असोजमा शोक दिवस मनाउने बैठकले निर्णय गरेको छ । मृतकका परिवारलाई जनही १० लाख राहत र अन्य खर्चका लागि पाँच लाख गरी १५ लाख रुपैयाँ प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

अर्थ मन्त्रालयमार्फत गृह मन्त्रालयले र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उक्त राहत वितरण गरिने उनले जनाए । यस्तै, घाइतेहरूको पनि निःशुल्क उपचार गर्ने निर्णय भएको उनले बताए ।

तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गरेसँगै सोमबार पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो ।

  • ३० भाद्र २०८२, सोमबार २०:५२ प्रकाशित