काठमाडौं ।
नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले अर्थमन्त्रीको, नवनियुक्त गृह र कानुनमन्त्री ओम प्रकाश अर्याल र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाल सरकारका विशिष्ट अधिकारीलगायतको सहभागिता रहेको थियो ।














