काठमाडौं ।
नेकपा माओवादी केन्द्रले आगजनी, तोडफोड वा लुटपाटमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको प्रष्ट पारेको छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा आगजानी, लुटपाट र तोडफोडमा कुनै कार्यकर्ता संलग्न देखि कडा कारबाही गर्ने प्रष्ट पारेका हुन् ।
प्रेस विज्ञप्तिमा त्यस्ता गतिविधिमा संलग्न भएका तथ्य प्रमाण फेला परे सरकारले सख्त कारवाही गरोस् भनी आग्रह गरिएको छ ।
सापकोटाले आफ्नै नेताहरुको घर र कार्यालय आगजनी भएको तथ्य हुँदा हुँदै केही व्यक्ति र समूहले ध्वंसात्मक क्रियालापमा माओवादी कार्यकर्ताको संलग्नता भनी गरेको प्रचारले ध्यानाकर्षण भएको बताएका छन् ।














