सबैजसो विदेशी मुद्राको भाउ स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।
आज आइतबार सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६ रुपैयाँ छ । त्यस्तै आज पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८६ पैसा छ ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा छ । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ५४ र बिक्रीदर ४६३ रुपैयाँ ५१ पैसा छ ।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा छ ।

  • २९ भाद्र २०८२, आईतवार ०८:११ प्रकाशित