पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, तर संबैधानिक उल्झन !

राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की र कानुनविद् अर्यालबिच ६ घण्टा लामाे छलफल निस्कर्ष विहिन, बैठक पुन: बिहान ९ बजे बस्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमतिलाई कार्यान्वयन गर्न बसेको बैठक पुन बस्नेगरि स्थगित भएको छ ।

शीतल निवासमा बिहीबार साँझ सुरु बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की र कानुनविद् ओमप्रकाश अर्यालबिच भएको छलफल शुक्रबार बिहान ३ बजेसम्म चलेको थयो ।

संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानकै कारण सहभागीहरू सहमतिमा पुग्न नसकेका बताइएको छ ।

वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ।

श्राेतका अनुसार  बैठकको मुख्य एजेन्डा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने विषयमा केन्द्रित थियो ।

यसअघि जेन-जी समूहकाेतर्फबाट पनि  कार्कीको नाम सिफारिस गरिएको थियो ।

 

  • २७ भाद्र २०८२, शुक्रबार ०४:२८ प्रकाशित