पोखरा ।
आज बिहीबार अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा छ । हिजो युरो एकको खरिददर १६५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०८ पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १९१ रुपैयाँ र बिक्रीदर १९१ रुपैयाँ ८२ पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३१ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४५ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ४६ र बिक्रीदर ४६२ रुपैयाँ ४२ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८५ र बिक्रीदर ४६२ रुपैयाँ ८२ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ १० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६९ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७१ पैसा थियो ।















