पोखराका अधिकांश सरकारी भवनमा आगजनी र तोडफोड

केन्द्रभाग मिडिया

पोखरा ।

जेनजी आन्दोलन चर्किँदै जाँदा पोखरामा रहेका अधिकांश सरकारी कार्यालय, मुख्यमन्त्री र मन्त्रीका सरकारी निवासमा आगजनी र तोडफोड भएका छन् ।

नदीपुरस्थित गण्डकी प्रदेश सभा सचिवालय भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश प्रमुखको निवास, अदालत, पोखरा महानगरपालिका कार्यालय, वडा कार्यालयहरु, जिल्ला प्रशासन कार्यालयसहित विभिन्न व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी र तोडफोड भएको छ ।

एमाले गण्डकी प्रदेश र कास्की जिल्ला पार्टी कार्यालय, नेपाली कांग्रेस कास्कीको कार्यालयमा समेत तोडफोड र आगजनी भएको छ । मन्त्री विन्दु कुमार थापा र पोखरा महानगरका प्रमुख धनराज आचार्यको निजी निवासमा समेत आगजनी भएको छ । जेनजीको प्रदर्शन नियन्त्रणबाहिर जाँदा सचिवहरूको निवास पनि निशानामा परे ।

प्रदेश राजधानी पोखरा साँझसम्म नै तनावपूर्ण बनेको छ । पोखराका विभिन्न ठाउँमा कर्फ्यु जारी गरेपनि जेनजीको प्रदर्शन रोकिएको छैन । सुरुमा पोखरा महानगरपालिका कार्यालयमा आगजनी गरेको जेनजीको प्रदर्शनले क्रमबद्ध तरिकाले आगजनी गरिरहेको छ ।

 

  • २४ भाद्र २०८२, मंगलवार १८:४३ प्रकाशित