काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका छन्।बालुवाटार छाडेर उनी अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ।
यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीहरु छिरेका छन् । राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघिमात्रै पदबाट राजीनामा दिएका थिए ।














