संविधान सम्मत निकासका लागि राजिनामा :प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

File photo

पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान सम्मत निकासका लागि पहल गर्न भन्दै राजिनामा दिएका छन् । उनले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै राजनीतिक निकासका लागि राजीनामा दिएको भनेका छन् ।

राष्ट्रपति समक्ष दिइएको राजिनामा पत्रमा ओलीले ‘सम्बत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।’ उल्लेख गरेका छन् ।

  • २४ भाद्र २०८२, मंगलवार १४:४९ प्रकाशित