निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा पनि आगो लगाए

केन्द्रभाग मिडिया

धनगढी ।

जेनजी आन्दोलनका कारण कैलालीको धनगढी पनि तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरुले धनगढीमा कांग्रेस र एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् ।

उनीहरुले कञ्चनपुरमा निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा समेत आगो लगाइदिएका छन् ।यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्रमन्त्री आरजु राणाको घरमा पनि आगजनी भएको छ ।

कैलालीको लम्किचुहा नगरपालिका कार्यालयमा पनि तोडफोड गरेका छन् ।

  • २४ भाद्र २०८२, मंगलवार १३:३० प्रकाशित