आजदेखि देशभरका ३५ हजार विद्यालय बन्द

केन्द्रभाग मिडिया

काठमाडौं ।

आजदेखि प्रा.वि र माध्यमिक तहका विद्यालय बन्द भएका छन् । कोरोना संक्रमण दिनदिनै ह्वात्तै बढ्न थालेपछि सरकारले आजदेखि माघ १५ गते सम्मका लागि विद्यालय बन्द गरेको हो ।

२५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । यद्यपि परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएको छ । बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयको अनुसार बालबालिकामा कोभिडको जोखिम बढेपछि यस्तो निर्णय लिनुपरेको हो ।

  • २७ पुष २०७८, मंगलवार ०९:२६ प्रकाशित