काठमाडौं ।
विपक्षी दलहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागेका छन् । ओली नेतृत्वको वर्तमान सरकारले नागरिक माथि बर्बर दमन गरेको ठहर गर्दै प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका हुन् । उनीहरुले सरकारी रबैया अस्विकार्य भएको बताएका छन् ।
प्रमुख विपक्षी दलका नेता प्रचण्डले मंगलबार बिहान आह्वान गरेको विपक्षी दलहरुको संयुक्त बैठकले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने ठहर गरेको हो ।
बैठकका निर्णयबारे जानकारी गराउँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘यो सम्पूर्ण घटनाको प्रधानमन्त्री केपी शर्मा ओलीले लिएर राजीनामा दिनुपर्दछ ।’
विपक्षी दलले हिजोको घटनालाई इतिहासकै सर्वाधिक बर्बर रहेको ठहर गरेका छन् । युवाहरुको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ ।
युवाहरुले उठाएको यो आन्दोलनलाई कुनै दलले आफ्नो निहित स्वार्थमा प्रयोग गर्न नहुने पुनले बताए ।














