नैतिकताको कारण देखाउँदै गृहमन्त्री लेखकले दिए राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले नैतिकताको कारण देखाउँदै पदबाट राजिनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो पदबाट राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका एक मन्त्रीले जानकारी दिए ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।

 

  • २३ भाद्र २०८२, सोमबार २०:२६ प्रकाशित