काठमाडौं।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद ९जबज०को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताएका छन् ।
पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी नेताहरूले सङ्गठनात्मक प्रस्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
महासचिव पोखरेलले एमालेले जबज छोड्यो भनेर अनर्गल प्रचार नगर्न पनि चेतावनी दिए । केही मिडियाले एमालेले जबज छोड्यो भन्ने खालको प्रचार गरेको भन्दै उनले त्यस्तो अनर्गल प्रचार गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
महासचिव पोखरेलले जबजलाई अघि बढाउने सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर अगुवाइ गर्दै आएको दाबी पनि गरेको पनि उनले बताए ।













