एमाले विधान महाधिवेशनमा आज समूहगत छलफल जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमाले को दोस्रो विधान महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेको छ ।

प्रतिनिधिहरूलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा १० वटा समूहमा विभाजन गरी छलफल चलेको हो । ले जानकारी दिए । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार कोशी प्रदेशले आफ्नो समूहगत छलफल सकेर प्रतिवेदन लेखनको काम थालिसकेको छ ।

उनले आज छलफल सकेर भोलि समूहगत नेताहरूले प्रतिवेदन प्रस्तुत हुने जानकारी दिए । उनका अनुसार समूहगत रूपमा आएका सुझावहरूमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानमार्फत टुङ्गो लगाइने छ ।

महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले पनि प्रतिवेदन पेश गरेका थिए ।

त्यस्तै, आज केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा। पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले पनि आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

ुनिर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्यु मूल नारासहित सुरु भएको यस महाधिवेशनमा देशभरका २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २ हजार ३४१ जनाको सहभागिता छ ।

  • २१ भाद्र २०८२, शनिबार १६:५० प्रकाशित