सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।

सो समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ ।

समितिको सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भइसकेका छन् । बिहीबार दिउँसो २ देखि ४ बजेसम्म दिएको समयावधिमा खतिवडाको एकल उमेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् ।

  • २० भाद्र २०८२, शुक्रबार ११:४९ प्रकाशित