अमेरिकी डलरको भाउ घट्यो, अष्ट्रेलियन डलरको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज विहीबार अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहित केही विदेशी मुद्राको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा छ । हिजो युरो एकको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८९ रुपैयाँ १३पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रुपैयाँ २२ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ९६ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ५७ र बिक्रीदर ४६१ रुपैयाँ ५३ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ०८ र बिक्रीदर ४६२ रुपैयाँ ०४ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५८ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९७ पैसा थियो ।

  • १९ भाद्र २०८२, बिहीबार ०७:३४ प्रकाशित