काठमाडौं ।
नेपाल राष्ट्र बैंकले दसैँका लागि यही २९ भदौ देखि १० असोजसम्म सुकिला नोट सटही गर्ने भएको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जाकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ ।
त्यसैगरि राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले यस्तो सुविधा प्राप्त गर्ने राष्ट्र बैंकलेले जारी गरेको सूचनामा उल्लेख छ ।















