अमेरिकी डलरको भाउ हालसम्मकै महंगो

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलरको भाउ हालसम्मकै सबैभन्दा महँगो बनेको छ ।

त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका फागि निर्धारण गरेको विदेशअं मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा छ ।

अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो । हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा छ। हिजो युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९५ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८९ रुपैयाँ १४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ७४ र बिक्रीदर ४६२ रुपैयाँ ७० पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०३ र बिक्रीदर ४५९ रुपैयाँ ९९ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ७१ पैसा थियो।

  • १४ भाद्र २०८२, शनिबार ०७:२३ प्रकाशित