अमेरिकी डलरसहित यी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

कठमाडौं ।

आज शुक्रबार अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेतीसहित धेरैजसो विदेशी मुद्राको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा छ । हिजो र अस्ति स्थिर रहेको अमेरिकी डलरको विनिमयदर आज बढेको हो ।

हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९५ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ १४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९० पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०३ र बिक्रीदर ४५९ रुपैयाँ ९९ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ७९ र बिक्रीदर ४५९ रुपैयाँ ७५ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ७१ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९० पैसा थियो ।

 

  • १३ भाद्र २०८२, शुक्रबार ०७:४२ प्रकाशित