तीजको दिन आज सुनको भाउ बढ्यो, चाँदीमा नयाँ रेकर्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

महिलाहरुको महावपर्व हरितालिका तिजको दिन आज मंगलबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९७ हजार २ सय रुपैयाँ थियो।

यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।चाँदीको भाउले अघिल्लो दिनदेखि नै नयाँ रेकर्ड बनाइरहेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेर २३६० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन प्रतितोला २३५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

  • १० भाद्र २०८२, मंगलवार १०:५३ प्रकाशित