पोखरा ।
आज शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहितका कतिपय मुद्राको भाउ भने आज घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा थियो ।
आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा थियो ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९० रुपैयाँ ०८ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ७९ र बिक्रीदर ४५८ रुपैयाँ ७५ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५५ रुपैयाँ ७९ र बिक्रीदर ४५७ रुपैयाँ ७५ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७१ रुपैयाँ १७ पैसा थियो ।















