पोखरा ।
आज शुक्रबार अमेरिकी डलर अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा छ । हिजो युरो एकको खरिददर १६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २९ पैसा थियो ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८३ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५५ रुपैयाँ ७९ र बिक्रीदर ४५७ रुपैयाँ ७५ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५४ रुपैयाँ ८२ र बिक्रीदर ४५६ रुपैयाँ ७८ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७१ रुपैयाँ १७ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७० रुपैयाँ ३१ पैसा थियो ।















