पोखरा ।
आज विहीबार अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय विदेशी मुद्राको भाउ घटेको छ । अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्राको भाउ भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा थियो ।
आज युरो एकको खरिददर १६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २९ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४८ पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८३ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४८ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५४ रुपैयाँ ८२ र बिक्रीदर ४५६ रुपैयाँ ७८ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५४ रुपैयाँ २४ र बिक्रीदर ४५६ रुपैयाँ २१ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७० रुपैयाँ ३१ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८४ पैसा थियो ।















