काठमाडौं।
साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कले घटेको छ । बजार बन्द हुँदा नेप्से परिसूचक ९.७० अङ्कले घटेर २७६७.२० को विन्दुमा झरेको छ ।
बजारसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा आज १ करोड ५२ लाख कित्ता सेयर खरिदबिक्री भई कुल ५ अर्ब २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका कुल कम्पनीमध्ये ५९ वटाको मूल्य बढेको छ भने १८८ वटाको मूल्य घटेको छ । दुई वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
बुधबारको बजारमा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३२१.३० रुपैयाँ पुगेको छ । त्यसैगरी, चन्द्रागिरि हिल्स ७.४२ प्रतिशत बढेको हो।















